नेपालमा उपचार सम्भव नभएपछि सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लगिंदै

नेपालमा उपचार सम्भव नभएपछि सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लगिंदै

काठमाडौं : ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीलाई एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लगिने भएको छ।

नेपालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजान लागिएको हो। हिजो राति भएको विस्फोटमा परी घाइते भण्डारीको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि लैजाने तयारी गरिएको कांग्रेस नेता मोती भण्डारीले जानकारी दिए।

विस्फोटमा परेर घाइते भएकी भण्डारीकी आमा हरिकला भण्डारीको भने निधन भइसकेको छ। बुद्धनगरमा रहेको घरमा बुधवार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए।

भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको छ भने ८६ वर्षीया आमाको ७० प्रतिशत भाग जलेको थियो। 

फागुन ४, २०७९ बिहीबार १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।