डा. तिलक आचार्य, जसले गुमनाम विश्वविद्यालयलाई विदेशी विद्यार्थी समेत पढ्ने थलो बनाए
२०६१ सालमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय २०७० सालसम्म पनि गुमनाम जस्तै थियो। विश्व बौद्ध शिखर सम्मेलनको एउटा योजनाअनुरूप स्थापना भएको विश्वविद्यालयको ऐन २०६३ सालमा बने पनि न पूर्वाधार थियो, न विद्यार्थी, न शिक्षक, न कर्मचारी।
थियो त केवल नाम अनि काठमाडौंमा सानो कोठमा सम्पर्क कार्यालय।
०७० सालपछि के भयो ?
त्रिभुवन विश्वविद्यालयबाट बौद्ध दर्शनमा स्नातकोत्तर गरेका बुटवलका तिलक आचार्य २०७० सालमा बौद्ध विश्वविद्यालय पुगे, आंशिक शिक्षकका रूपमा।
दिनरात खटेर काम गर्ने पदाधिकारी भए मात्रै विश्वविद्यालयलाई चिनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त थिए। त्यो जिम्मेवारी उनकै काँधमा आयो। ०७३ सालमा रजिष्ट्रारको नियुक्ति बोकेर उनी लुम्बिनी आए। त्यसपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय पनि पहिलो पटक लुम्बिनीमा स्थापना भयो।
स्थापना भएको झण्डै एक दशक हुन लाग्दा पनि विश्वविद्यालयमा एकाध पीएचडीका शोधार्थी मात्र थिए। विश्वविद्यालयका पदाधिकारीहरू काठमाडौंमै हुन्थे। लुम्बिनी आउने त कहिलेकाहीँ मात्र।
त्यो बेला क्याम्पस प्रमुख थिए, इन्द्र काफ्ले। उनै काफ्ले र आचार्य विश्वविद्यालयमा बौद्ध दर्शन पढ्ने विद्यार्थी खोजी गर्न भन्दै हिँडे। यस क्रममा धेरैले 'बुद्धिज्म पनि पढ्छन र?' भनेर प्रश्न गर्थे रे। उनीहरूले आफ्ना साथीहरूलाई पनि बौद्ध दर्शन पढ्न उक्साए।
परिमाणतः बौद्ध दर्शन पढ्ने विद्यार्थी ४० जना पुगे। ०७१ सालबाट कक्षा पनि सुरु भयो।
आचार्यको पारिश्रमिक एक पिरियडको ६०० रुपैयाँ थियो, कर कटाएर ५१० बुझ्थे। तर, उनैले भैरहवा बुटवलबाट विद्यार्थी, शिक्षक आफ्नै गाडीमा बोकेर लैजाने गर्थे। उनले पाउने पारिश्रमिकभन्दा बढी त विश्वविद्यालयमा विद्यार्थी लग्दा खर्च हुन्थ्यो उनको।
पहिलो ब्याचका विद्यार्थी पढ्दापढ्दै उनी सहायक क्याम्पस प्रमुख बने। यसपछि उनको रफ्तार झन् बढ्यो।
बीचमा विश्वविद्यालयको रजिष्ट्रार पद रिक्त भयो। उनलाई रजिष्ट्रारको प्रस्ताव आयो। 'विश्वविद्यालय बनाउने हो भने प्रोफेसर होइन, लेबर चाहिएको छ भनेर मैले जवाफ दिएँ', उनले भने।
दिनरात खटेर काम गर्ने पदाधिकारी भए मात्रै विश्वविद्यालयलाई चिनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त थिए। त्यो जिम्मेवारी उनकै काँधमा आयो। ०७३ सालमा रजिष्ट्रारको नियुक्ति बोकेर उनी लुम्बिनी आए। त्यसपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय पनि पहिलो पटक लुम्बिनीमा स्थापना भयो।
पहिलो प्राथमिकता पूर्वाधार
पूर्वाधार नभई विश्वविद्यालय चलाउन कठिन थियो। सुरुमा पूर्वाधार निर्माणमा ध्यान दिए उनले।
रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेल, क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्मा, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठसहित रुपन्देहीका सांसदहरूले विश्वविद्यालयको जग्गा व्यवस्थापनमा भूमिका खेलिदिएपछि उनलाई सहज भयो।
कयौँ पटक विश्वविद्यालयका लागि जग्गा र बजेट जुटाउन सांसद, मन्त्री निवास र मन्त्रालय धाए। स्थानीय तहका ढोका पनि घचघचाए।
लुम्बिनीको पर्सा चोकमा आधुनिक केन्द्रीय कार्यालय खडा गरे। लुम्बिनी विकास कोष परिसरमा पदाधिकारी आवास भवन र छात्रावास बन्यो। खडैयामा पनि छात्रावास र प्राध्यापक निवास तयार भए।
उनको पहिलो ४ वर्षे कार्यकालमा विश्वविद्यालयभित्रको पूर्वाधारमा आमूल परिवर्तन आयो। बुद्धको अस्तुधातुसहितको स्तुपा निर्माण गरी विश्वविद्यालय परिसरलाई आकर्षक बनाए।
आधुनिक पुस्तकालय निर्माण गरे। अनि फेरि दोस्रो कार्यकाल रजिष्ट्रार नियुक्त भए।
देवदहमा एक सय बिघा जमीन व्यवस्थापन गरे। बुटवलको नयाँगाउँमा सिटी कलेज सञ्चालनमा ल्याउन जमीनको व्यवस्थापन गरे।
रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेल, क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्मा, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठसहित रुपन्देहीका सांसदहरूले विश्वविद्यालयको जग्गा व्यवस्थापनमा भूमिका खेलिदिएपछि उनलाई सहज भयो।
भारतको नक्कली कपिलवस्तु भ्रमणमा पत्रकारका रूपमा उनीसहितको समूह पनि पुगेको थियो। त्यहाँ एक जना सामान्य मान्छे (निरक्षर)ले बुद्धको फेहरिस्त फरर बताइदिएपछि उनी त दङ्ग परे। उनलाई लाग्यो- बुद्ध जन्मेको स्थानका हामीहरूले त झन् यो पढ्नैपर्ने रहेछ।
अहिले लुम्बिनी विकास कोष परिसरमा अनुसन्धान केन्द्रको भवन निर्माणाधीन छ। विश्वविद्यालयका लागि हाल आवश्यकता अनुसारको जमीन प्राप्त भएको छ।
यस कारण बौद्ध दर्शन पढ्न त्रिवि हानिए
०७५ सालमा उनले त्रिविबाट बौद्ध दर्शनमा विद्यावारिधि गरे। उनले बौद्ध दर्शन पढ्नुको पनि एउटा संयोगै छ।
२०६० सालतिर बुद्ध भारतमा जन्मेका हुन् कि नेपालमा भन्ने बहस छेडिएको थियो। त्यो समाचार लेख्न उनीसँग पर्याप्त प्रमाण र ज्ञान थिएन।
भारतको नक्कली कपिलवस्तु भ्रमणमा पत्रकारका रूपमा उनीसहितको समूह पनि पुगेको थियो। त्यहाँ एक जना सामान्य मान्छे (निरक्षर)ले बुद्धको फेहरिस्त फरर बताइदिएपछि उनी त दङ्ग परे। उनलाई लाग्यो- बुद्ध जन्मेको स्थानका हामीहरूले त झन् यो पढ्नैपर्ने रहेछ।
गणितको विद्यार्थी भए पनि त्यही घटनाको प्रभावले उनी बौद्ध दर्शन पढ्न त्रिवि हानिएका थिए।
कसैले नदेखेको कार्यालयमा राष्ट्रपति, प्रधानमन्त्री पुगे
बौद्ध दर्शनसँगको लगावले नै उनले विश्वविद्यालयलाई सबैको नजरमा पारे। कसैले नदेखेको केन्द्रीय कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरूलाई पुर्याए।
अहिले विश्वविद्यालयमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन्। अहिले त चीन, श्रीलङ्का, बर्मा लगायत देशका विद्यार्थीहरूले समेत बौद्ध दर्शन पढ्न थालेका छन्।
श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्षेलाई समेत भ्रमण गराए। विश्वविद्यालयलाई विश्वभर चिनाए।
आचार्यले उत्कृष्ट आर्थिक सुव्यवस्था कायम राखेको भन्दै बेरुजु फर्छ्यौट समितिका अध्यक्ष मुख्यसचिवबाट लगातार तीन पटक आर्थिक अनुशासनको पुरस्कार समेत पाए।
विश्वविद्यालयको बेरुजुलाई कमभन्दा कम बनाउने रणनीतिमा उनी छन्। 'शून्य नै बनाउँछु भन्ने छ', उनले भने।
बढ्दै विद्यार्थीको संख्या
अहिले विश्वविद्यालयमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन्। अहिले त चीन, श्रीलङ्का, बर्मा लगायत देशका विद्यार्थीहरूले समेत बौद्ध दर्शन पढ्न थालेका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयमा विश्वभरका विद्यार्थीहरू अध्ययन अनुसन्धानका लागि आउने वातावरण बन्दै गइरहेको आचार्य बताउँछन्।
'लुम्बिनी पूर्णतः बौद्ध दर्शनको हब हुनेछ, बुटवलमा अन्य व्यावसायिक विषयहरू सञ्चालन हुनेछन्', निमित्त उपकुलपति समेत रहेका रजिष्ट्रार आचार्यले भने, 'विश्वविद्यालयलाई छिटै मुलुकको तेस्रो स्थानको विश्वविद्यालय बनाउने योजनामा छौँ।'
लुम्बिनी, देवदह, बुटवलमा स्कुल र आंगिक क्याम्पसहरू चलिरहेका छन्। सहकार्यमा तीन क्याम्पस र सात वटा सम्बन्धन प्राप्त क्याम्पस छन्। काठमाडौंमा सात वटा सम्बन्धन प्राप्त कलेजले बौद्ध दर्शनसहितका विषयहरू पढाइरहेका छन्।
विश्वविद्यालयमा ट्राभल एण्ड टुरिज्म, बीएएलएलबी जस्ता नयाँ विषयमा पनि विद्यार्थीहरूको आकर्षण निकै बढेको छ।
एग्रो, फरेस्ट्री, इन्भाइरोमेन्ट साइन्स र डेभलपमेन्ट स्टडीजमा पनि विद्यार्थीको आकर्षण बढिरहेको छ।
अबको योजना
रुपन्देहीको देवदहमा करिब एक सय बिघा जमीन विश्वविद्यालयले पाएको छ। बुटवलमा आंगिक क्याम्पस छ।
नयाँगाउँ माविले दिएको जमीनमा सिटी क्याम्पस सञ्चालनरत छ। सिटी क्याम्पसमा शैक्षिक भवन निर्माण भइसकेको छ। बुटवलमा स्कुलको अवधारणामा तीन वटा स्कुल सञ्चालन गर्ने योजना छ। डिन कार्यालयको पूर्वाधार निर्माणको चरणमा छ।
'लुम्बिनी पूर्णतः बौद्ध दर्शनको हब हुनेछ, बुटवलमा अन्य व्यावसायिक विषयहरू सञ्चालन हुनेछन्', निमित्त उपकुलपति समेत रहेका रजिष्ट्रार आचार्यले भने, 'विश्वविद्यालयलाई छिटै मुलुकको तेस्रो स्थानको विश्वविद्यालय बनाउने योजनामा छौँ।'
अब उनको चिन्ता विश्वविद्यालयको शिक्षालाई विश्वबजारमा कसरी प्रतिस्पर्धी बनाउन सकिन्छ भन्नेमा छ।
विदेशी मुलुकका विश्वविद्यालयसँग सहकार्यमा विविध गतिविधि भइरहेका छन्। विश्वविद्यालयकै केही विद्यार्थी थप अध्ययनका लागि चीन लगायतका मुलुकमा पुगेका छन्।
विश्वविद्यालयमा बौद्ध दर्शनका साथसाथै पालि, संस्कृत, भोट, चिनियाँ भाषाका कक्षाहरू चलिरहेका छन्।
भोट भाषामा स्नातक तहको शैक्षिक कार्यक्रममा ७० भन्दा धेरै लामा, गुरुमाहरू अध्ययन गरिरहेका छन्। उनीहरू विगतमा भारत जानुपर्ने बाध्यता थियो।
देवदहमा भौतिक पूर्वाधारको काम सुरु भइरहेको छ। शैक्षिक भवन, प्रशासनिक भवन, बौद्ध दर्शनमा आधारित ध्यान केन्द्रहरू, रङ्गशाला, सङ्ग्रहालयसहितका पूर्वाधारहरू बनाउने गरी गुरुयोजना बनिसकेको छ।
यी पूर्वाधारका लागि बजेटको अभाव छ। विश्वविद्यालय अनुदान आयोग र सरकारबाट स्रोत सुनिश्चित हुनेमा उनी विश्वस्त छन्।
योजना बनेपछि कार्यान्वयन गर्ने उनको अठोट छ।
नियमनकारी निकाय, सरकारी निकायबाट गुणस्तरका आधारमा विश्वविद्यालयको वर्गीकरण र स्रोत व्यवस्थापन हुनुपर्ने उनको मान्यता छ। विश्वविद्यालय अनुदान आयोगले अनुगमन र गुणस्तरका मापनमा विशेष योजना नै बनाउनु आवश्यक रहेको उनी बताउँछन्।
विश्वविद्यालयलाई प्राज्ञिक बनाउन ७० प्रतिशत शैक्षिक र ३० प्रतिशत प्रशासनिक जनशक्ति व्यवस्थापन गरिनुपर्ने र सकेसम्म प्रशासनिक सेवा समेत प्राज्ञिक जनशक्तिबाटै लिँदा उचित हुने उनको बुझाइ छ।
पूर्वाधार निर्माणसँगै प्राज्ञिक विकासलाई पनि उत्तिकै ध्यान दिएका छन्, उनले। विश्वविद्यालयको प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारहरू निरन्तर भइरहेका छन्।
स्थानीय नै पदाधिकारी पाएपछि कसरी कुनै संस्थाले फड्को मार्न सक्छ भन्ने उदारहण पेस गर्न सफल भएका छन् आचार्य।
फागुन ४, २०७९ बिहीबार १३:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।