ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएकी सांसद भण्डारीकी आमाको निधन

काठमाडौं : खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएकी नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीकी आमाको निधन भएको छ।
कीर्तिपुर अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारका अनुसार उपचारका क्रममा सांसद भण्डारीकी आमा हरिकला भण्डारीको आज बिहान १०:५७ बजे निधन भएको हो।
बुद्धनगरमा रहेको घरमा बुधवार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए।
भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको छ भने ८६ वर्षीया आमाको ७० प्रतिशत भाग जलेको थियो।
फागुन ४, २०७९ बिहीबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।