प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली, राष्ट्रपति चुनावमा छलफल केन्द्रित

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली, राष्ट्रपति चुनावमा छलफल केन्द्रित

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

बिहीबार बिहान भएको भेटवार्तामा राष्ट्रपति चुनावका विषयमा छलफल भएको बताइएको छ। सत्ता गठबन्धनका बेला राष्ट्रपति एमालेकाे भागमा परेको थियो।

साथै ओलीले सरकार सञ्चालनको बारेमा पनि प्रधानमन्त्रीसँग छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार गर्ने गरी मिति तोकेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।

फागुन ४, २०७९ बिहीबार ११:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।