यति दुर्घटनामा रनवे १२ को भिज्योल अप्रोचमा प्रश्न उठ्यो
काठमाडौँ : यती एयरलाइन्सको जहाज दुर्घटनाको बारेमा जाँचबुझ गर्न गठन भएको समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थलको धावनमार्ग १२ मा अवतरण गर्दा भिज्युअल अप्रोच तय गर्न सुझाव दिएको छ।
चालक दल सहित ७२ जनाको ज्यान गएको दुर्घटनाको प्रतिवेदनमा धावनमार्गको भिज्योल अप्रोचबारे सुझाव उल्लेख भए पनि दुर्घटनाको कारण भने उल्लेख छैन। प्रतिवेदनमा निश्चित भिज्युअल अप्रोचका लागि अनुमति दिने प्रणाली बनाउन निर्देशन दिएको छ।
समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा भिज्युअल एप्रोच पुनः सुरु गर्नु पहिले अध्ययन गरेर उपयुक्त धावन मार्ग तय गर्न सुझाव दिएको हो।
दुर्घटनापछि केहीले धावनमार्ग १२ को प्रयोग गर्दा सेती नदिको खोँचबाट आउने हावाको गतिको अध्ययन गर्न समेत सरकारलाई सुझाव दिएका थिए।
माघ १ मा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एटीआर ७२ जहाज सेती खोचमा दुर्घटनाग्रस्त हुँदा चालक दलका चार सदस्यसहित ७२ जनाको ज्यान गएको थियो।
तीन विषयमा थप अनुसन्धान
आयोगको प्रतिवेदनमा संक्षिप्त ब्यहोरा उल्लेख गर्दै दुर्घटनाको कारण पत्ता लगाउन तीन विषयमा केन्द्रित रहेर अध्ययन गर्ने उल्लेख गरेको छ।
प्रतिवेदनमा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा समस्या देखिएको उल्लेख छ। यसको आधारमा प्राविधिक पक्षको विस्तृत अध्ययन हुनेछ।
दोस्रोमा मानवीय कारणको पक्षमा पनि जाँचबुझ हुने र रनवे-१२ मा भिज्योल अप्रोचका बारेमा पनि अध्ययन हुने प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
फागुन ४, २०७९ बिहीबार ०२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।