ग्यास सिलिन्डर पड्कँदा कांग्रेस सांसद चन्द्र र उनकी आमा घाइते

ग्यास सिलिन्डर पड्कँदा कांग्रेस सांसद चन्द्र र उनकी आमा घाइते

काठमाडौं : खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट भएर नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उनको आमा घाइते भएका छन्।

बुद्धनगरमा रहेको घरमा बुधवार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको छ भने ८६ आमाको भने ७० प्रतिशत भाग जलेको छ। दुवैको कीर्तिपुरमा रहेको बर्न  अस्पतालको आइसियुमा उपचार भइरहेको छ।

फागुन ४, २०७९ बिहीबार ०२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।