६ महिनामा काठमाडौं महानगरका १३७ सहकारीविरुद्ध उजुरी, वचतकर्ताको रकम फिर्ता नदिएको आरोप

६ महिनामा काठमाडौं महानगरका १३७ सहकारीविरुद्ध उजुरी, वचतकर्ताको रकम फिर्ता नदिएको आरोप

काठमाडौं : वचतकर्ताको रकम फिर्ता नदिएकोमा विगत ६ महिनामा मात्रै काठमाडौं महानगरपालिका भित्रका १३७ सहकारी संस्थाविरुद्ध उजुरी परेको छ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ती १३७ सहकारी संस्थामाथि उजुरी परेको कामपाले जनाएको छ।

कामपा सहकारी विभागका अनुसार हाल विभिन्न सहकारी संस्थामाथि दैनिक एक सयसम्म उजुरी आउने गरेको छ। गत आर्थिक वर्षमा भने जम्मा ६० वटा मात्रै उजुरी परेको थियो। 

उजुरी परेका १३७ मध्ये ५७ सहकारीलाई कामपाले पटक-पटक सम्पर्क गर्न खोजेको थियो। केही अझै सम्पर्कमा नै नआएका र आएका केहीले पनि बचतकर्ताको रकम फिर्ता नगरेकाले पुनः उजुरी आएपछि कामपाले प्रहरीको जिम्मा लगाएको छ।

फागुन ३, २०७९ बुधबार २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।