गण्डकी प्रदेशस्तरीय भलिबल : पुरुषतर्फ बागलुङ र महिलातर्फ म्याग्दी च्याम्पियन
पोखरा : गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बागलुङ र महिलातर्फ म्याग्दीले जितेका छन्।
प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा आयोजित प्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ बागलुङको टोलीले पर्वतलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।
तेस्रो स्थानका लागि भएको खेलमा नवलपुरको टिमले तनहुँलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
त्यसैगरी महिलातर्फको फाइनलमा पर्वतलाई ३–० को सोझो सेटमा पराजित गर्दै म्याग्दीले उपाधि हात पारेको छ। महिलातर्फकै खेलमा तनहुँको टोलीलाई पराजित गर्दै स्याङ्जाको टोलीले तेस्रो स्थान हासिल गरेको छ।
प्रतियोगितामा महिला र पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
फागुन ३, २०७९ बुधबार २०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।