लघुवित्त र सहकारीको बदमासीविरुद्ध उभिइन् सांसद सोविता, नियमन गर्न अलग्गै निकाय गठनको माग
काठमाडौँ : सांसद सोविता गौतम लघुवित्त र सहकारीको नियमनको पक्षमा उभिएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रहेकी उनले संसद्मा बोल्दै लघुवित्त र सहकारीको ऋणबारे नियमन गर्न सरकारसँग अनुरोध गरेकी हुन्।
शून्य समयमा बोल्दै उनले सुलभ कर्जा दिएर निम्न वर्गलाई२ आर्थिक रूपमा बलियो बनाउने भनेर खुलेका लघुवित्त र सहकारी अत्यधिक मुनाफा आर्जनमा केन्द्रित भएको दाबी गरेकी थिइन्। उनले कतिपय लघुवित्त र सहकारी संस्थाले निम्न वर्गकालाई ऋणमाथि ऋण बोकाएर रसातलमै पुर्याउने काम गरिरहेको दाबी गरेकी थिइन्।
उनले नीति बाहिर गएर काम गरिरहेका लघुवित्त र सहकारीमाथि राष्ट्र बैङ्कले कारबाही गर्नुपर्ने माग समेत गरेकी थिइन्।
'ऋण तिर्नै नसक्ने एकै व्यक्तिलाई दर्जनौँ संस्थाले ऋण दिएको पाइयो,' राष्ट्र बैङ्कले सहकारी र लघुवित्त संस्थामाथि कडा रूपमा नियमन र कारबाही गर्नुपर्छ‚’ उनले संसद्मा भनिन्।
उनले राष्ट्र बैङ्कले नियमन गर्न नसक्ने हो भने अर्को नियमनकारी निकाय गठन गरेर भए पनि नियमन गर्नुपर्ने माग समेत राखेकी थिइन्।
फागुन ३, २०७९ बुधबार १९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।