गोंगबु घटनामा ल्होत्से मलमा रहेको मोबाइल पसल लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौं : गोंगबु घटनामा बालाजुको ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।
साेमबार भएको यातायात मजदुरको विरोध प्रदर्शनका क्रममा साँझ ल्होत्से मलमा रहेको दुईवटा मोबाइल पसलमा लुटपाट भएको थियो।
यस आरोपमा पक्राउ पर्नेमा दैलेख घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय चिरन रेग्मी, सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रूपन्देही घर भई काठमाडौं बस्ने २२ वर्षीय सुजन खत्री र झापा घर भई स्वयम्भू बस्ने १८ वर्षीय प्रदीप बस्नेत रहेका छन्।
विरोध प्रदर्शनमा प्रहरीको दुईवटा गाडीमा आगजनी गर्ने र प्रहरी बिट तथा ट्राफिक आइल्यान्डमा तोडफोड गर्ने अन्य ६ जना पनि पक्राउ परेका छन्।
फागुन ३, २०७९ बुधबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।