गोंगबुमा घटनामा तोडफोड र आगजनीमा संलग्न ६ जना पक्राउ
काठमाडौं : गोंगबु घटनामा प्रहरीको गाडी, प्रहरी बिट र ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरको आरोपमा ६ जना पक्राउ परेका छन्।
साेमबार भएको यातायात मजदुरको विरोध प्रदर्शनका क्रममा प्रहरीको दुईवटा गाडीमा आगजनी भएको थियो भने प्रहरी बिट र ट्राफिक आइल्यान्डमा तोडफोड भएको थियो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरूले ट्राफिक कारबाहीको विषय लगायत विभिन्न माग राखी गरेको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको थियो।
सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९/१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको छ।
फागुन ३, २०७९ बुधबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।