निर्मला कुर्मीको न्यायका लागि गरिएको आन्दोलन स्थगित, सरकारसँग तीन बुँदे सहमति

निर्मला कुर्मीको न्यायका लागि गरिएको आन्दोलन स्थगित, सरकारसँग तीन बुँदे सहमति

काठमाडौं : नेपाल सरकारसँग तीन बुँदे सहमति भएपछि नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि गरिएको आन्दोलन स्थगित भएको छ।

सहमतिपछि तेस्रो चरणको धर्नासहितको आन्दोलन स्थगित गरिएको आन्दोलनरत रुवी खानले जानकारी दिएकी छन्।

सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसूरको अनुसन्धान गर्नका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२ बमोजिम मुद्दा चलाइने उल्लेख छ । 

न्यायिक आयोग गठन गर्नुपर्ने, घटनाको छानबिन उक्त आयोगले नै गर्नुपर्ने प्रमुख माग राख्दै आन्दोलन स्थगित गरिएको खानले माइतीघरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइन्।

घरेलु हिंसापीडित बाँकेकी निर्मला कुर्मीको न्यायका लागि खानसहितका समुह माइतीघरमा गएको ४८ दिनदेखि धर्नामा थिए।

फागुन ३, २०७९ बुधबार १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।