बैठक चलिरहँदा संसद् भवन अगाडि प्रदर्शन, चार जना महिला पक्राउ

बैठक चलिरहँदा संसद् भवन अगाडि प्रदर्शन, चार जना महिला पक्राउ

काठमाडौं : संसद्मा बैठक चलिरहँदा संसद् भवन अगाडि प्रदर्शन गर्ने चार जना महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कार आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका पूर्व न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै केही महिलाहरूले नयाँ बानेश्वरस्थित संसद भवनबाहिर प्रदर्शन गरेका थिए।

न्यायाधीशकै श्रीमती आरती गिरी लगायतका महिलाहरुले भुवन गिरीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका थिए। यसपछि उनिहरू पक्राउमा परेका हुन्।

फागुन ३, २०७९ बुधबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।