नेपाल आएर पहिलो खेल जित्दै स्कटल्यान्ड बन्यो लिग-२ च्याम्पियन

नेपाल आएर पहिलो खेल जित्दै स्कटल्यान्ड बन्यो लिग-२ च्याम्पियन

काठमाडौं : बुधबार नामिबियालाई १० विकेटले हराउँदै स्कटल्यान्ड आइसिसी विश्वकप लिग–२ को च्याम्पियन बनेको छ।

नेपालमा जारी लिगअन्तर्गतको सिरिजको आफ्नो पहिलो खेल जित्दै स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ को उपाधि पक्का गरेको हो।

सात देशको सहभागिता रहेको लिगमा स्कटल्यान्डले यो जितसँगै कुल ३३ खेलमा ४८ अंक जाेडेको छ। यो जितपछि अब अन्य टिमले अंक तालिकामा स्कटल्यान्डलाई भेट्टाउन नसक्ने भएपछि उसको उपाधि पक्का भएको हो।

सबै खेल खेलिसकेको ओमान ३६ खेलबाट ४४ अंकसहित दोस्रो स्थानमा छ भने नामिबिया ३२ खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाल भने लिगमा २५ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा रहेको छ।

फागुन ३, २०७९ बुधबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।