नेपालमा राष्ट्रपति होइन, रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ : प्रदीप पौडेल

नेपालमा राष्ट्रपति होइन, रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले हाल देशमा रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘यहाँ राष्ट्रपति चाहिएको होइन, रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ। आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने र आवश्यकता पर्यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ।’

उनले राष्ट्रपति पदका लागि कांग्रेसले ढोक्सा थापेको मान्छन् भने कांग्रेस ढोक्सा थाप्न तयार रहेको बताए।

फागुन ३, २०७९ बुधबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।