पाँच लाख नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौं : बाँकेको नेपालगञ्जबाट करिब पाँच लाख रूपैयाँभन्दा बढिको नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरूलाई पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाईं, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्।
नक्कली नेपाली रूपैयाँ बोकेर हिँडिरहेका तीन जनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।
फागुन ३, २०७९ बुधबार ०९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।