रवि लामिछानेविरुद्धको उजुरीमा सरकारी वकिलको कार्यालयको जवाफ– ‘हामीले केही गरिरहनुपरेन’

काठमाडौं : सरकारी वकिलको कार्यालयले रवि लामिछानेविरुद्धको मुद्दामा आफूहरुले तत्कालका लागि केही कारबाही अगाडि बढाउन नपर्ने जनाएको छ।
लामिछानेविरुद्ध प्रहरी परिसर टेकुमा उजुरी दर्ता गर्न नमानेको भन्दै माघ २४ गते युवराज पौडेल (सफल)ले दिएको उजुरीको जवाफ पठाउँदै कार्यालयले तत्काकाल लागि आफूहरूले केही गर्न नपर्ने बताएको हो।
सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी परिसर, टेकुमा लामिछानेविरुद्धको राहदानी मुद्दाको अनुसन्धान भइरहेको समन्यायाधिवक्ता अच्युतकुमार नेउपानेले जनाएका छन्।
पाँच वर्ष कैदको माग गर्दै सरकारी वकिलको कार्यालयमा रवि लामिछानेविरुद्ध उजुरी (पत्रसहित)
सर्वोच्च इजलासको संवैधानिक इजलासले माघ १३ गते रवि लामिछानेले अहिले प्रयोग गरिरहेको नागरिकता निष्क्रिय भएको आदेश गरेसँगै उनले सोही नागरिकता प्रयोग गरेर बनाएको राहदानीसमेत नक्कली भएको भन्दै उजुरी परेको थियो।
उजुरीमा फर्जी सरकारी कागजात देखाएर राहदानी लिएकाले पाँच वर्षसम्मको कैद सजायको माग गरिएको छ।
फागुन ३, २०७९ बुधबार ०८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।