पशुपतिमा महाशिवरात्रीकाे तयारी : सरसफाइ सकियाे, रङराेगन शुरू (१० तस्बिर)

पशुपतिमा महाशिवरात्रीकाे तयारी : सरसफाइ सकियाे, रङराेगन शुरू (१० तस्बिर)

काठमाडौं : महाशिवरात्री नजिकिएसँगै पशुपति क्षेत्रको सरसफाइ थालिएको छ।

महाशिवरात्री पर्व नजिकिएसँगै पशुपति क्षेत्र विकास कोषले पशुपति परिसर सरसफाइ, झिलिमिली बत्तीसहित  रंगरोगनका कामहरू धमाधम अगाडि बढाएको हो।

अहिले पशुपतिको मूल मन्दिरसहित परिसरमा सरसफाइ सकेर रंगरोगनको काम कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।

फागुन ६ गते शनिबार महाशिवरात्री पर्व मनाइँदैछ। महाशिवरात्रीमा नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत लाखौं भक्तजन पशुपतिनाथको दर्शनका लागि आउने गरेका छन्।

फागुन ३, २०७९ बुधबार ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।