मोदीबारे डकुमेन्ट्री बनाएपछि भारतको बीबीसी कार्यालयमा आयकर विभागको छापा

मोदीबारे डकुमेन्ट्री बनाएपछि भारतको बीबीसी कार्यालयमा आयकर विभागको छापा

एजेन्सी : बीबीसी हिन्दीको भारतमा अवस्थित दुई कार्यालयमा आयकर विभागले छापा मारेको छ। भारतको मुम्बई र नयाँ दिल्लीमा अवस्थित बीबीसी कार्यालयमा आयकर विभागले छापा मारेको हो।

आयकर विभागको छापामा पूरा सहयोग गरिरहेको बीबीसी हिन्दीले जनाएको छ। यो अवस्था छिट्टै सामान्य बन्ने बीबीसी हिन्दीले पाठकहरूमा अनुरोध गरेको छ।

बीबीसी हिन्दीको कार्यालयमा छापा हानेपछि भारतको विपक्षी दलका नेताहरू भने आक्रामक बनेका छन्। प्रेस स्वतन्त्रताको धज्जी उडाएको भन्दै कांग्रेसका नेताहरूले विरोध जनाएका छन्।

यता सत्तारुढ दल बिजेपीले भने बीबीसीलाई भ्रष्ट संस्थाको रूपमा ब्याख्या गरेको छ। बीबीसी संसारमै भ्रष्ट रहेको उनको आरोप छ। भारतको प्रेससम्बन्धी संस्थाहरुले भने प्रेस स्वतन्त्रतामाथि भएको प्रहार भन्दै आपत्ति जनाएको छ।

बीबीसीले हालै सन् २००२ मा भएको गुजरात घटनाबारे वृत्तिचत्र प्रदर्शन गरेको थियो। सोही वृत्तचित्र प्रदर्शन भएपछि सत्तारुढ दल बिजेपीले आपत्ति जनाउँदै आएको छ। उसले यो वृत्तचित्र प्रदर्शनमा रोकसमेत लगाएको छ। 

बीबीसीले तत्काली गुजरातको मुख्यमन्त्री नरेन्द्र मोदी र उक्तबेला भड्किएको दंगाबारे वृत्तचित्रमा समावेश गरेका छन्। यसबारे सरकारको आधिकारिक राय लिन खोजिए पनि सरकारले आलटाल गरेको बीबीसले स्पष्ट पारेको छ।

फागुन ३, २०७९ बुधबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।