फ्रान्सबाट एयर इन्डियाले २५० वटा विमान खरिद गर्ने

फ्रान्सबाट एयर इन्डियाले २५० वटा विमान खरिद गर्ने

एजेन्सी : एयर इण्डियाले फ्रान्सको एयरबस कम्पनीबाट २५० वटा विमान खरिद गर्ने भएको छ। यो विश्वको ठूलो उड्ययन सम्झौता भएको टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरको दाबी छ।

‘हामीले एयरबसबाट २५० वटा विमान खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको घोषणा गर्न पाउँदा एकदमै खुसी छौं’, उनले भने।

टाटा सन्सका अध्यक्षले प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको उपस्थिति रहेको भर्चुअल कार्यक्रममा यस्तो बताएका हुन।

सम्झौतामा ४० ए ३५० वाइड बडी अल्ट्रा लङरेन्ज विमान समावेश छन् भने बाँकी न्यारो बडी विमान हुनेछन्।

गतवर्ष मात्र टाटा ग्रुपले एयर इण्डियालाई अधिग्रहण गरेको थियो। अधिग्रहणपछि टाटा कम्पनीले बजार विस्तारका लागि आक्रामक रुपमा प्रस्तुत भइरहेको छ।

फागुन ३, २०७९ बुधबार ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।