'भोज र रेस्टुरेन्टमा गुणस्तरहीन बियर, विदेशी ब्रान्डका नक्कली रक्सी'

'भोज र रेस्टुरेन्टमा गुणस्तरहीन बियर, विदेशी ब्रान्डका नक्कली रक्सी'

काठमाडौं: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका ६० लाख बराबरको करिब २ हजार एक सय कार्टुन बार्हसिंगे बियर बरामद गरेको छ।

विभागले बजार अनुगमनकोक्रममा टोलीले बजार निरीक्षण गर्ने क्रममा याक ब्रुअरी कम्पनीले उत्पादन गरेको बार्हसिंगे बियर काठमाडौँको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा गोदाममा भण्डार गरेको अवस्थामा बरामद गरेको जनाएको छ।

निरीक्षण टोलीले कारबाहीका लागि गोदाम सिलबन्दी गरेको छ। विभागले दिएको जानकारी अनुसार ६५० मिली लिटर र ३३० मिली लिटरका बोतलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको छ।

विभागले विशेष गरी भोजभतेर तथा कतिपय रात्रिकालीन रेस्टुरेन्ट व्यवसायमा उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियर लगायत अन्य हल्का पेय पदार्थको कारोबार हुनसक्ने सूचनाका आधारमा त्यस किसिमका कारोबारस्थल र आपूर्तिकर्ता/डिलरहरूको बिक्री तथा गोदाम कक्षको निरीक्षणलाई विभागले विशेष महत्वका साथ अगाडि बढाइरहेको जनाएको छ।

यस अगाडि प्रहरीले विदेशी र नेपाली ब्रान्डका चल्तीका ब्रान्डको नक्कली रक्सी उत्पादन स्थलमा छापा मार्दै त्यस्ता रक्सीहरू रात्रिकालीन व्यवसायमा प्रयोग हुने गरेको खुलाएको थियो। 

फागुन २, २०७९ मंगलबार २२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।