उकेरा टप फाइभ : प्रेममा उत्साह ल्याउन रातो गुलाफको महत्वदेखि त्रिवि मैदानमा बनेको चार रेकर्डसम्मका कुरा

उकेरा टप फाइभ : प्रेममा उत्साह ल्याउन रातो गुलाफको महत्वदेखि त्रिवि मैदानमा बनेको चार रेकर्डसम्मका कुरा

मंगलबार काठमाडौं उपत्यकामा एकदमै कम मात्र सार्वजनिक सवारी चले। यातायात मजदुरका संगठनले आह्वान गरेको बन्दका कारण सवारी कम चले पनि यातायात मन्त्रालयमा भएको सहमतिपछि भने केही सवारी चलेका थिए। यद्यपि ति हात्तीका मुखमा जिरा भनेजस्तै भए।

यसैदिन आईसीसी विश्वकप लिग–२ अन्तरगत कीर्तिपुरमा भएको क्रिकेटमा नेपालले नामिबियालाई २ विकेटले हरायो। नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्टायो।

राजनीतितर्फ आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीनिटक विद्यार्थी संगठन अनेरास्ववियूको २३औं महाधिवेशनलाई सम्बोधन गरे। सम्बोधनमा उनले विद्यार्थीलाई भ्यालेन्टाइन डेको शुभकामना दिँदै ‘आइ लभ यु टु’समेत भने।

अब लागौं टप फाइभर्फः
उकेराले मंगलबार विहान प्रणय दिवसको अवसरमा मनोविद् गोपाल ढकालको लेख प्रकाशित गर्यो। गुलाबी रङ्गको गुलाफले आत्मविश्वास बढाउन समेत लाभ मिल्ने मनोवैज्ञानिक कारण देखिन्छ। गुलाबी रङ्गको गुलाफ उपहारस्वरूप साटासाट गर्नु यौनभाव तथा प्रेमभाव प्रकट गर्नु भएको लेखकले लेखमा समेटेका छन्।
पूरा समाचारः प्रेममा उत्साह ल्याउन रातो गुलाफ, गुलाबी गुलाफ यौन र प्रेमभावको अभिव्यक्ति

उकेराले दिउँसो झापाका कुखुरा उत्पादक व्यवसायीको दैनिकीबारेको समाचार प्राकाशित गर्यो। उनीहरु भारतीय तस्करलाई रोक्नका लागि सीमामा गस्ती बस्ने गरेको विषय समाचारमा समेटिएको छ।
पूरा समाचार: झापाका कुखुरा उत्पादकको दैनिकी : दिनभर कुखुरा कुर्छन्, रातभर तस्कर

अपरान्ह उकेराले रेमिट्यान्सले मात्रै देशको अर्थतन्त्र धान्न सक्ने अवस्था नरहेकोबारेको समाचार प्रकाशित गर्यो। साथै यसका विकल्पका बारेमा पनि सामग्रीमा उल्लेख गरिएको छ। 
पूरा समाचारः रेमिट्यान्सले मात्रै धान्न नसक्ने भयो देशको अर्थतन्त्र, के छन् अन्य विकल्प?

उकेराले नियमित स्तम्भअनुसार मंगलबार चौथो अंगमा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको अनुभव समेट्यो। उनले नेपाली मिडियाको विश्वसनियताको विषयमा सवाल उठाएका छन्।
पूरा समाचारः चौथो अंग : राशिफल पत्याउनेले नेपाली प्रेसलाई पत्याउँदिन भन्न मिल्छ?

त्यसैगरी बेलुकी उकेराले नामिबियाविरुद्धको जितमा नेपाली क्रिकेट टिमले बनाएको चार कीर्तिमानको बारेमा समाचार प्रकाशित गर्यो।
पूरा समाचारः जितसँगै बनेका चार कीर्तिमान

फागुन २, २०७९ मंगलबार २२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।