भ्यागुतेरोगका कारण नाइजेरियामा ४० जनाको निधन

भ्यागुतेरोगका कारण नाइजेरियामा ४० जनाको निधन

एजेन्सी : भ्यागुतेरोग (डिप्थेरिया)का कारण नाइजेरियामा ४० जनाको निधन भएको छ।

त्यहाँका स्वास्थ्य अधिकारीहरूले डिसेम्बर २०२२ यता देशका विभिन्न चार राज्यमा सङ्क्रमणबाट ४० जनाको मृत्यु भएको र  २१६  सङ्क्रमणका घटनाहरू पुष्टि भएको बताएको बीबीसीले जनाएको छ।

नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले उत्तरी राज्य कानोमा ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने दक्षिणपश्चिमी राज्य लागोसमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ।

यसैगरी  उत्तरपूर्वी राज्य योबेमा दुईवटा सङ्क्रमणका घटना पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन। उता दक्षिणपश्चिम राज्य ओसुनमा एउटा सङ्क्रमणको घटना पुष्टि भएको र एकजनाको मृत्यु भएको समाचारमा उल्लेख छ।

कुल २१६ जनामा सङ्क्रमणकप घटना पुष्टि भएकामा १८४ जना चाहिँ २ देखि १४ वर्ष उमेरका थिए।

फागुन २, २०७९ मंगलबार २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।