गण्डकी प्रदेशमा ४ गते सार्वजनिक बिदा

गण्डकी प्रदेशमा ४ गते सार्वजनिक बिदा

पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

सरकारले २०७९ असारमा प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको थियो।

संघ सरकारले दिएका बिदा बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने व्यवस्था छ।

प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दशैंको दिन बिदा गर्ने निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको थियो।

फागुन २, २०७९ मंगलबार २१:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।