रानीमहल पुगेका २५ जोडी प्रेमी–प्रेमिकालाई नगरपालिकाले दियो गुलाफको फूल
पाल्पा : पाल्पाको रानीमहल घुम्न आउने २५ जोडी स्वदेशी र विदेशी पर्यटकलाई तानसेन नगरपालिकाले गुलाफको फूल दिएको छ।
छिमेकी देश भारतमा प्रेमको प्रतिक रानीमहल र उत्तरगंगाको बारेमा प्रचार गर्न ६ भारतीय जोडीसहित २५ जोडी प्रेमी–प्रेमिकालाई नाटा लुम्बिनीको सहयोगमा नगरपालिकाले गुलाफको फूल दिएको हो।
घुम्न आएका पर्यटकहरूले पनि गुलाफको फूला पाउँदा दङ्ग परे। भारतबाट नजिकै, सुन्दर गन्तव्य र आतिथ्यताको तारिफ गर्दै उनले खुसी व्यक्त गरे।
सदरमुकाम तानसेनदेखि आधा घण्टामा रानीमहलमा पुग्न सकिन्छ। प्रणय दिवसको अवसरमा रानीमहल क्षेत्रमा अधिकांश होटल रेष्टुराले छुटसमेत दिएका थिए।
फागुन २, २०७९ मंगलबार १९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।