विपरीत दिशाबाट आइरहेका बस र ट्रक ठोक्किँदा दक्षिण अफ्रिकामा २० जनाको मृत्यु

एजेन्सी : दक्षिण अफ्रिकामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्।
सोमबार देशको उत्तरी प्रान्त लिम्पोपोमा रहेको एक राजमार्गमा विपरीत दिशाबाट आइरहेका ट्रक र बस एकआपसमा ठोक्किएका थिए।
यस दुर्घटनामा परेर घाइते भएका मध्ये १० जनाको अवस्था गम्भीर रहेको यातायात विभागका एक अधिकारीले बताएका छन्।
विगत केही दिनदेखि त्यस क्षेत्रमा भारी वर्षा भएकाले चिप्लिएर ती सवारी साधनले नियन्त्रण गुमाएको हुन सक्ने अनुमान गरिएको छ।
फागुन २, २०७९ मंगलबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।