ओडीआई क्रिकेटमा कुशल भुर्तेलको पहिलो शतक, बनाए कीर्तिमान
काठमाडौं : नेपाली टिमका ओपनर कुशल भुर्तेलले ओडीआई करियरको पहिलो शतक प्रहार गरेका छन्। यो शतकसँगै ओपनरको रुपमा ओडीआई क्रिकेटमा नेपालका लागि शतक हान्ने उनी पहिलाे खेलाडी बनेका छन्।
टीयू खेल मैदान कीर्तिपूरमा जारी आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा उनले नामिबियासँगको खेलमा सानदार शतक हानेका हुन्।
भुर्तेलले ९९ बलमा ९ चौका र ४ छक्काको सहयोगमा १०० रन जोडे।
ओडीआई क्रिकेटमा नेपालका लागि शतक प्रहार गर्ने उनी चौथो खेलाडी बनेका छन्। यसअघि नेपालका लागि रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले मात्र ओडीआईमा शतक प्रहार गरेका थिए।
खेलमा यसअघि कप्तान रोहित पौडलसँग मिलेर उनले नेपाली ओडीआई क्रिकेटकै सर्वाधिक ठूलो साझेदारीको रेकर्ड पनि बनाएका थिए।
यी दुईले तेस्रो विकेटका लागि १३३ रनको शतकीय साझेदारी गरेका थिए। यो ओडीआई क्रिकेटमा कुनैपनि विकेटका लागि नेपाली खेलाडीले गरेको हालसम्म कै उच्च साझेदारी हो।
जसका लागि रोहितले ७६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ७२ रनको योगदान दिएका थिए।
फागुन २, २०७९ मंगलबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।