ओडीआई क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बने रोहित
काठमाडौं : रोहित पौडेल ओडीआई क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्।
नेपाली क्रिकेट टिमका कप्तान रोहितले आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा नामिबियासँगको खेलमा यो रेकर्ड बनाए।
टीयू खेल मैदान कीर्तिपूरमा जारी खेलमा ५५ रन बनाएपछि यो फर्म्याटमा उनको एक हजार रन पूरा भएको हो।
खेलमा ७६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ७२ रन जाेड्दै उनी आउट भए।
उनले हालसम्म खेलेका ३३ ओडीआई खेलबाट एक हजार रनको कोशेढुंगा पार गरेका हुन्। जसमा १ शतक र ६ अर्धशतक सामेल छ।
उनी पछि नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको नाउँमा ओडीआईमा सर्वाधिक ७३४ रनको रेकर्ड छ।
टी-२० आई फर्म्याटमा भने दीपेन्द्रसिंह ऐरी नेपालका लागि एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन्।
त्यसैगरी यसै खेलबाट रोहित आईसीसी विश्वकप लिग-२ मा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन्।
लिग-२ मा २२ खेलबाट हालसम्म उनले ६ सयभन्दा बढी रन बनाएका छन्।
फागुन २, २०७९ मंगलबार १५:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।