गोंगबु घटनाका दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं : गृह मन्त्रालयले सोमबार यातायात मजदुरको आन्दोलनमा गोंगबु क्षेत्रमा भएको तोडफोड र लुटपाटका घटनामा संलग्न दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।
यातायात मजदुरको आन्दोलनका क्रममा हिजो प्रहरीको दुई वटा गाडीमा आगजनी भएको थियो भने विभिन्न भवनमा पनि तोडफोड गरिएको थियो।
त्यसैगरी, सोमबारै राति ल्होत्से मलबाट मोबाइल, ल्यापटप लगायतका ८ करोड बराबरको सामान लुटिएको पनि बताइएको छ।
फागुन २, २०७९ मंगलबार १५:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।