टर्की भूकम्पः मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो

टर्की भूकम्पः मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो

एजेन्सी : टर्कीको पूर्वी भाग र छिमेकी देश सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी हालसम्म ३७ हजारभन्दा बढीको मृत्यु भएको छ।

जसमध्ये टर्कीमा ३१ हजार ६ सय र सिरियामा ५ हजार ८ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। यसको केही क्षणपछिको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ। 

यसैबीच भग्नावशेषबाट भूकम्पको १७५ घण्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ।

फागुन २, २०७९ मंगलबार १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।