यातायात मजदुरले आन्दोलनका नाममा लुटपाट गरेको मोबाइल व्यवसायी महासंघको आरोप

यातायात मजदुरले आन्दोलनका नाममा लुटपाट गरेको मोबाइल व्यवसायी महासंघको आरोप

काठमाडौं : सोमबार यातायात मजदुरहरुले आन्दोलनका नाममा लुटपाट गरेको नेपाल मोबाइल व्यवसायी महासंघले आरोप लगाएको छ।

सोमबार बालाजुमा भएको यातायात मजदुरको आन्दोलनका क्रममा राति ल्होत्से मलबाट मोबाइल, ल्यापटप लगायतका ८ करोड बराबरको सामान लुटिएको महासंघले सोमबार पत्रकार सम्मेलनमार्फत जनाएको छ।

बसपार्कस्थित ल्होत्से मलमा सोमबार महासंघकै उपाध्यक्ष अर्जुन चालिसेको २ वटा मोबाइल पसलमा लुटपाट भएको थियो।

उनले यातायात मजदुरले आन्दोलन भन्दा पनि चोर्ने नीति लिएको बताउँदै उनीहरुलाई कारबाही हुनुपर्ने माग गरेका छन्।

फागुन २, २०७९ मंगलबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।