तीन महिना चलेर फेरि बन्द भयो हेटौंडा सिमेन्ट उद्योग, कारण कोइलाको अभाव

तीन महिना चलेर फेरि बन्द भयो हेटौंडा सिमेन्ट उद्योग, कारण कोइलाको अभाव

काठमाडौं : उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ।

लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको थियो।

कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ। उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ। 

कोइला भारत, इन्डोनेसिया, भुटान तथा पाकिस्तानबाट आयात हुने गरेको छ। 

फागुन २, २०७९ मंगलबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।