सन्दीप मैदानमा फर्किएको खेलमा नेपालले पायो २८६ रनको लक्ष्य, करणले लिए पाँच विकेट

सन्दीप मैदानमा फर्किएको खेलमा नेपालले पायो २८६ रनको लक्ष्य, करणले लिए पाँच विकेट

काठमाडौं : आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग जितका लागि २८६ रनको लक्ष्य पाएको छ।

टीयू खेल मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनायो।

नामिबियिका लागि ब्याटर माइकल भान लिंगेनले नेपालविरुद्ध शतक प्रहार गरे। भान लिंगेनले १३७ बलमा ९ चौका र ५ छक्कासहित १३५ रनको योगदान दिए।

उनको विकेट करण केसीले झारेका थिए। करणले नेपालका लागि पाँच विकेट लिए।

त्यसैगरी, नामिबियिका लागि कप्तान इरासमसले ५६ रन जोडेका थिए। 

बलिङतर्फ नाबालिग बलात्कार आरोप लागेका कारण पाँच महिनापछि मैदानमा फर्किएका पूर्व कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए।

फागुन २, २०७९ मंगलबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।