सार्वजनिक सवारी बन्द फिर्ता, गाडी तत्काल खुल्ने

सार्वजनिक सवारी बन्द फिर्ता, गाडी तत्काल खुल्ने

काठमाडौं: यातायात मजदूरहरूले आज आह्वान गरेको सार्वजनिक सवारी बन्द स्थगित भएको छ। आज सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि यातायात मजदूरहरूले बन्द फिर्ता लिएका हुन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहितका सरकारी प्रतिनिधिसँग वार्ता भएको थियो। वार्तामा आफ्नो माग सम्बोधन गर्ने भनिएकाले बन्द फिर्ता लिइएको नेपाल स्वतन्त्र यातायात मजदूर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए।

अब सार्वजनिक गाडी तत्काल खुल्ने भएका छन्।

फागुन २, २०७९ मंगलबार १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।