लिभरपुलले एभर्टनलाई हरायो, सालाह र गाक्पो स्कोरर

काठमाडौं : इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले पराजित गरेको छ।
सोमबार राति भएको मर्सीसाइड डर्बीमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र कोडी गाक्पोले १–१ गोल गरेका हुन्।
पछिल्लो समय खराब लयबाट गुज्रिरहेको लिभरपुललाई सोमबार रातिको जितसँगै केही राहत मिलेको छ।
लिगमा २१ खेलबाट ३२ अंक जोडेको लिभरपुल अंक तालिकाको नवौं स्थानमा रहेको छ।
एक खेल बढी खेलेको चेल्सी ३१ अंकसहित दशौं स्थानमा रहेको छ। तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलको ५१ अंक रहेको छ।
४८ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो तथा ४६ अंक जोडेको म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा रहेका छन्।
फागुन २, २०७९ मंगलबार ०९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।