सबैभन्दा धेरै कमाउनेको सूचीको पाँचौं नम्बरमा ‘पठान’, पहिलोमा कुन?
एजेन्सी : बक्स अफिसमा आक्रमक सुरुवात गरेको शाहरुख खानको फिल्म ‘पठान’को कमाइको गति केही सुस्त भएको छ।
रिलिजको तेस्रो साताको अन्त्यसम्म फिल्मले एक हजार करोडको आँकडा पार गर्ने विश्वास गरिएको थियो। तर, त्यो हुन सकेन।
अहिले फिल्मले एक हजार करोडको आँकडा छुन समय लाग्ने देखिएको छ। यशराज फिल्म्सले सोमबार दिउँसो ‘पठान’को कमाइको सार्वजनिक गरेको छ।
जनवरी १२, आइतबारसम्म ‘पठान’ले भारतमा ५८८ करोड र विदेशमा ३५८ करोड गरी कुल ९४६ करोड कमाएको कम्पनीले जनाएको छ।
यो भारतीय इतिहासमा सबैभन्दा छिटो यति धेरै कमाउने फिल्म भएको यशराज फिल्म्सले दाबी गरेको छ। आईएमडीबीको वेबसाइट अनुसार ‘पठान’ सबैभन्दा धेरै कमाउने पाँच भारतीय फिल्महरूको सूचीमा परेको छ।
1. दंगल
रिलिज २०१६
कमाइ: १९२४ करोड
२. बाहुबली-२
रिलिज २०१७
कमाइ: १७४९ करोड
३. केजीएफ-२
रिलिज २०२२
कमाइ: १२०७ करोड
४. आरआरआर
रिलिज २०२२
कमाइ: ११९० करोड
५. पठान
रिलिज २०२३
आम्दानी: ९३७ करोड (१९ दिनको कमाइ)
फागुन २, २०७९ मंगलबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।