त्रिकोणत्मक सिरिज आजदेखि, नेपालले टस जित्यो
काठमाडौं : नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणत्मक सिरिज मंगलबारदेखि सुरू हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दैछ। खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।
फागुन ९ गतेसम्म चल्ने सिरिजमा तीनै टिमले एक अर्काविरुद्ध दुई-दुई खेल खेल्नेछन्। स्कटल्याण्डविरुद्ध फागुन ५ गते र फागुन ९ गते नेपालले खेल्ने तालिका छ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल अहिले २४ खेल खेल्दै १८ अंकसहित छैटौं स्थानमा छ।
यस सिरिजमा सहभागी स्कटल्याण्ड ३२ खेलमा २२ मा जित र ८ मा हारका साथ ४६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
लिग टूको विजेता बन्न औपचारिकता बाकीँ रहेको स्कटल्याण्डले यस वर्ष नै आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाइसकेको छ।
शीर्ष तीनमा रहि सिधै विश्वकप छनोट खेल्न नेपालले खेल्न बाँकी सबै १२ खेल जित्नुपर्ने हुन्छ।
फागुन २, २०७९ मंगलबार ०८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।