प्रचण्ड नेतृत्वको सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्म : उपेन्द्र यादव

प्रचण्ड नेतृत्वको सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्म : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको निर्वाचनसम्मका लागि हुनसक्ने बताएका छन्।

कपिलवस्तुमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्।

‘पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर भएकाले भरथेग होस् भनेर जसपाले समर्थन गरेको हो,’ उनले भने।

गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधीहरूले सरकारलाई टिक्न दिने स्थिति नदेखिएको उनले बताए।

उनले अगाडि थपे, ‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षता विरोधीहरूले सरकारलाई टिक्न दिने स्थिति देखिएन, राष्ट्रपतिको निर्वाचनसम्म सरकार ढल्ने सम्भावना देखियो।’

फागुन १, २०७९ सोमबार २१:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।