२०८० सालमा दशैंको टीका कात्तिक ७ गते

काठमाडौं : आगामी वर्ष २०८० सालको दशैंको टीका कात्तिक ७ गते परेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितका अनुसार आगामी वर्ष दशैंको टीका कात्तिक ७ गतेका लागि जुरेको हो।
यस्तै तिहारको भाइटीका भने कात्तिक २९ गते परेको समितिका प्रशासन सहायक खिलहरी घिमिरेले उकेरालाई जानकारी दिए।
फागुन १, २०७९ सोमबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।