तत्काल सरकारमा नजाने स्वतन्त्र पार्टीको निर्णय
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ।
सोमबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि निर्णय सुनाउँदै पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए।
उनले सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नगएको स्पष्ट पारे।
उनले सत्तारुढ दलहरूले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहर्रू सरकारमा नजाने बताए।
त्यस्तै, बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति सदस्य २४ जनाबाट बिस्तार गरेर ४० जनाको बनाएको छ।
फागुन १, २०७९ सोमबार १९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।