१० दिनभित्र सत्ता गठबन्धन भत्काउने गगन थापाको दाबी

१० दिनभित्र सत्ता गठबन्धन भत्काउने गगन थापाको दाबी

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन दस दिनभित्र सत्ता गठबन्धन भत्काउने ठोकुवा गरेका छन्।

नेपाली कांग्रेस रूपन्देहीले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र जनताको म्यान्डेटविपरीत बनेको सत्ता गठबन्धन भत्काउने जिकिर गरेका हुन्।

‘पुसको १० गते निर्माण भएको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्छौं।’

चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभए पनि व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ छ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार  निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने दाबी गरे।

फागुन १, २०७९ सोमबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।