बुवाको हत्या आरोपमा नरबहादुर पक्राउ

बुवाको हत्या आरोपमा नरबहादुर पक्राउ

रोल्पा : आफ्नै बुवाको हत्या अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

६९ वर्षीय प्रथमन बुढाको हत्या अभियोगमा माडी गाउँपालिका-५ बाग्मा बस्ने ३७ वर्षीय नरबहादुर बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

नरबहादुरले बुवालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौङभावाङ र ईलाका प्रहरी कार्यालय घर्तिगाउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन १, २०७९ सोमबार १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।