ज्वाला संग्रौला र रमेश प्रसाईंसहित रास्वपाको केन्द्रीय समितिमा थपिए १६ सदस्य
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति विस्तार गरिएको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकले निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, टिका संग्रौला (ज्वाला)लाई केन्द्रीय सदस्य मानेाित गरेको हो।
यस्तै, हरि भट्ट, ध्रुव गिरी, निमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री पनि पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
फागुन १, २०७९ सोमबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।