बालाजु क्षेत्र तनावग्रस्त, आन्दोलनकारीले जलाए प्रहरीको भ्यान
काठमाडौं : ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको दुईवटा भ्यान जलाएका छन्।
माछापोखरीको सडकमा रोकिएको प्रहरीको भ्यानमा आन्दोलनकारीले आगो लगाएर जलाएका हुन्। यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध गरेको प्रदर्शामा दोहोरो झडपसमेत भएको छ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ।
बालाजु र माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन्।
फागुन १, २०७९ सोमबार १७:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।