इंग्ल्याण्डका पूर्वकप्तान मोर्गनद्वारा सन्यासको घोषणा

इंग्ल्याण्डका पूर्वकप्तान मोर्गनद्वारा सन्यासको घोषणा

काठमाडौं : इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान इयोन मोर्गनले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्।

गत वर्षको जुनमा अन्तर्राष्ट्रिय करिअरबाट विश्रामको घोषणा गरेका ३६ वर्षीय मोर्गनले यसपटक भने खेलाडी जीवनबाटै सन्यासको घोषणा गरेका हुन्।

‘गर्वका साथ क्रिकेटका सबै प्रारुपबाट सन्यासको घोषणा गरेको छु,’ उनले लेखेका छन्, ‘धेरै सोचविचार गरेपछि मैले सक्रिय क्रिकेटबाट टाढा रहने निर्णय गरेँ, यति लामो समयमा मैले क्रिकेटबाट सबैकुरा पाएको छु।’

आफ्नो नेतृत्वमा देशलाई एकदिवशीय विश्वकप जिताएका उननले पछिल्लो समय लण्डन स्पिरिट टिमबाट द हन्ड्रेड र पर्ल रोयल्स टिमका लागि दक्षिण अफ्रिका टी–२० लिग खेलेका थिए।

फागुन १, २०७९ सोमबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।