नेपाली २० रूपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई
काठमाडौं : नेपाली बीस रूपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पाएको छ।
२० रूपैयाँको नोट ३ करोड १० लाख थान नोट छाप्ने ठेक्का चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाएको हो नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले २० रूपैयाँको नोट छाप्न ४६ लाख ९८ हजार ६५८ अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको हो।
फागुन १, २०७९ सोमबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।