प्रेमप्रसाद आचार्यको परिवारलाई बीमाको दाबी भुक्तानी हस्तान्तरण

काठमाडौं : नयाँबानेश्वरस्थित संसदभवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई बीमा कम्पनीले रू ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो। आत्मदाहको प्रयास गरेका उनको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो।
कम्पनीले दाबी भुक्तानी वापतको मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत् हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टङ्क श्रेष्ठले बताए।
आचार्यको निधनपछि उहाँको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग प्राप्त हुँदै आएको
फागुन १, २०७९ सोमबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।