आईसीसीले घोषणा गर्यो जनवरीको पुरुष प्लेयर अफ द मन्थ
काठमाडौं : पछिल्लो समय उत्कृष्ट लयमा रहेका भारतका ओपनर शुभमन गिल २०२३ जनवरी महिनाको आईसीसी पुरुष प्लेयर अफ द मन्थ अवार्डको विजेता घोषित भएका छन्।
न्युजिल्यान्डका डेभन कोनवे र भारतकै मोहम्मद सिराजसँगै मनोनयनमा परेका गिलले जनवरीमा एकदिवसीय र टी–ट्वेन्टी सिरिजमा उत्कृष्ट रन बनाएकोमा यो सम्मान जितेको आईसीसीले जनाएको छ।
पछिल्लो समय श्रीलंका, बंगलादेश र न्यूजिल्याण्डसँगको सिरिजमा गिलले उत्कृष्ठ ब्याटिङ गरे। न्यूजिल्याण्डविरुद्धको एकविदसीय खेलमा त उनले दोहोरो शतक बनाए।
Shubman Gill's glorious form in ODI cricket continues 🔥#INDvNZ | 📝: https://t.co/xoiYn9WEgR pic.twitter.com/XObdobmfQf
— ICC (@ICC) January 24, 2023
फागुन १, २०७९ सोमबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।