नेपालका परराष्ट्र सचिव र भारतीय समकक्षीबीच भेटवार्ता
काठमाडौं : नेपालका परराष्ट्र सचिव भरत पौड्याल र भारतीय समकक्षी विनयमोनहन क्वात्राबीच भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयलमा भेटवार्ता भएको मन्त्रालयले जनाएको छ।
भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरूमा छलफल भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवजा लम्सालले जानकारी दिइन्।
उनीहरूबीच कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहयोग, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनताबीचको सम्बन्धलगायतका विषयमा समीक्षा भएको लम्सालले बताइन्।
दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले राष्ट्रपतिदेखि सिके राउतसम्मका नेताहरूलाई भेट्ने कार्यक्रम छ। उनी मंगलबार स्वेदश फर्कनेछन्।
फागुन १, २०७९ सोमबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।