काठमाडौं ओर्लेलगत्तै विदेश सचिवस्तरीय बैठक तिर लागे क्वात्रा
काठमाडौं : नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन्।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आएका हुन्। उनी काठमाडौं आइपुगेलगत्तै नेपाल-भारत विदेश सचिवस्तरीय संयन्त्रको बैठक सुरु भएको छ।
बैठकमा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने बताइएको छ।
जसमा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोग जस्ता विषयमा छलफल हुने जानकारी दिइएको छ।
फागुन १, २०७९ सोमबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।